रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । 

मेयर पदका उम्मेदवार दीपक यादवले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर गरुडा–५ बस्ने गजेन्द्र यादव घाइते भएका हुन् । गोली यादवको काखीमा लागेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भए पनि गोली लागे नलागेको यकिन नभएको बताए । 

घाइतेलाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको बताइएको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १८:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया