बालुवाटारमा गोली चलाउने प्रहरी हवल्दारमाथि अनुसन्धान हुँदै
सांकेतिक तस्बिर

बालुवाटारको एक घरमा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा माथि गोली प्रहार भएको छ । गोली चलाउने व्यक्ति भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार रहेको पाइएको छ । 

गोली प्रहार गर्ने प्रहरीका हवल्दार प्रकाश पुन मगर रहेको र उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

हवल्दार मगरले  चलाएको गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । 

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर गोली चलाएका थिए । 





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १०:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया