logo-img

अदालतको फैसला कार्यान्वयन गर्नु राष्ट्रिय दायित्व : पूर्वमन्त्री केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रका ठूलो योगदान रहेको बताएका छन् । राजधानीमा भएकाे एक कार्यक्रममा उनले अदालतको फैसला कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र प्रेस स्वतन्त्रताको रक्षा गर्नु राष्ट्रिय दायित्व भएको उनले उल्लेख गरे । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा जनमत तयार गर्ने विषयमा सञ्चार क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको बताए । 

नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रहित, जनता र समृद्धिका लागि निष्पक्ष भएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए । 



जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले पत्रकारले निर्भिक भएर काम गर्ने वातावरण नभएपछि लोकतन्त्रको मापन कसरी सुदृढ हुनसक्छ ? भनी प्रश्न गरे। 

पूर्वमहान्यायाधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, दिशानिर्देश क्लबका संस्थापक जेपी गुप्तालगायत वक्ताले राष्ट्र र जनहितमा काम गर्ने क्रममा जति चुनौती आए पनि प्रेसले आफ्नो व्यावसायिक धर्म, नैतिकता, इमान्दारिता त्याग्न नहुुने बताए । राज्यलाई जवाफदेही र सत्यलाई उजागर गर्ने कार्यमा नेपाली प्रेसले महत्वपूर्ण योगदान रहेको उनीहरूकाे भनाइ छ । 

सो अवसरमा राजनीति र ज्योतिष विधामा महत्वपूर्ण योगदान दिने पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी र ज्योतिष लालमणि खनाललाई सम्मान गरिएको थियो ।





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १९:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया