logo-img

विष्णु पौडेल नेतृत्वकाे टोलीले सुरु गर्याे भीम रावलसँग वार्ता

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले नेता डा. भीमबहादुर रावलसँग छलफल सुरु गरेकाे छ । 

पार्टी मुख्यालय च्यासलमा वार्ता चलिरहेको हो । पौडेल नेतृत्वको टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेका छन् । 

पौडेल सुदूरपश्चिममा जाँदा रावललाई गाली गर्न उनी निकटका नेताहरुले प्रतिबन्ध लगाएपछि एमालेले पौडेलकाे नेतृत्वमा टोली गठन गरेकाे हाे । दुई साताअघि गठित टोलीले आइतबारबाट वार्ता सुरु गरेकाे हाे । 

एमाले सुदूरपश्चिमका खम्बा मानिने रावललाई एमालेले यसपटक प्रतिनिधिसभाको निर्वाचनमा टिकट दिइएन । पहिले माधव नेपाल समूहमा रहेका रावल दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएपछि रावलकाे राजनीति असहज बन्दै गएकाे हाे । 

रावल वार्ताका लागि तयार यता रावलले पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न आफू तयार रहेको बताएका छन् । उनले आफूलाई वार्ता गर्न कुनै समस्या नरहेको बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १५:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया