भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा

मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले कैलालीको धनगढी पुगेका छन् । उनी आइतबार धनगढी आएका हुन् ।

२ वैशाखदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्न सडक मार्ग हुँदै नेपाल आएका प्रमुख चौथाइवालेलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरे । 

चौथाइवाले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र आज नै काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार ६:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया