प्रधानमन्त्री दाहालले बोलाए संवैधानिक परिषद्‍को बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्‍को बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबारका लागि बैठक बोलाएका हुन् । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार दाहालले सोमबार बैठक आह्वान गरेका हुन् । शुक्रबारको उक्त बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्ने बताइएको छ ।

चोलेन्द्र शमशेर जबराले गत मंसिरमा प्रधानन्यायाधीशबाट अवकाश पाएपछि प्रधानन्यायाधीश पद रिक्त रहँदै आएको छ । प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । 

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्रीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार २१:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया