logo-img

काठमाडौंमा आजदेखि ऊर्जा सम्मेलन, ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने

काठमाडौंमा आजदेखि ऊर्जा सम्मेलन सुरु हुँदैछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको आठौँ ऊर्जा सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । 

होटल हायतमा हुने सम्मेलन भोलिसम्म चल्ने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएको छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंकालगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने इपानका व्यवस्थापक कल्पना श्रेष्ठले जानकारी दिइन् । 

उनका अनुसार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत ऊर्जा क्षेत्रका सरोकारवाला पनि सहभागी हुनेछन् । 

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको आयोजक इपानले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार ८:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया