logo-img

ओलीका कारण वामपन्थी कम्युनिष्टमा मुसल पैदा भयो  :  घनश्याम भुसाल
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । 

बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए । 

उनले भने, ‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो । यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो ।’

उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए । उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट सुरु भएको आरोप लगाए । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको बताए । उनले अनुशासन हीनता र मूल्य हीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए । 

महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरिका नजिक रहेको बताए । 
 





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १४:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया