logo-img

युवराज सफललाई कारबाही गर्न कांग्रेस सांसद बडूकाे माग

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गरेका हुन् ।

पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

सफलले दोहोराे नागरिकताको विषयमा आफ्नो नामसमेत जोडेकाे भन्दै उनले संसदकाे ध्यानाकर्षण गराए । ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु,' उनले भने,'ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु ।’



मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १६:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया