logo-img

भालुबाङ स्वास्थ्य चौकीको नाम फेरिने

दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित स्वास्थ्य चौकीलाई लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको छ । 

भालुबाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको हो । त्यससम्बन्धी प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ । 

सम्भवतः आगामी मन्त्रिपरिषद बैठकबाट भालुबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी प्रदेश सरकार मातहत लैजाने निर्णय हुने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारूले बताए ।   

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले २०७८ सालको मंसिरमै भालुबाङ स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।  





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार ८:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया