इंग्लिस प्रिमियर लिगः बर्नलीसँग टोटनह्याम स्तब्ध

एजेन्सी– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम पराजित भएको छ । उपाधि होडमा रहेको टोटनह्याम बर्नलीसँग २–१ गोलअन्तरले पराजित भएको छ । पराजित भएसँगै टोटनह्यामको लिगको शीर्ष स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीसँगको अंक दूरी पनि बढेको छ । 

बर्नलीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफसम्म दुवै टोलीबाट गोल हुन सकेन । तर, बर्नलीका क्रिस उडले ५७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, बर्नलीको अग्रता आठ मिनेटभन्दा बढी टिकेन । ६५औं मिनेटमा टोटनह्यामका ह्यारी केनले गोल गर्दै टोलीलाई बरीबरीमा ल्याए । 

खेलको ८३औं मिनेटमा एस्ले बार्नेसले गोल गर्दै बर्नलीलाई पुनः अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि बर्नली २–१ ले विजयी भयो ।





  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १०:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया