logo-img

रविप्रति बाबुरामको कटाक्ष : सिद्धान्तविनाको चटकेले केही गर्न सक्दैन

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै उनले दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए । वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै उनले पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए । 

पूर्वप्रधानमन्त्री भट्टराईले देशभित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै उनले विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए ।

सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै उनले चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए । 
मार्क्सले बनाएका विचारहरुको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको पूर्वप्रधानमन्त्री भट्टराईले बताए । 

नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गर्दै उनले भने,‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो । अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो ।’ 
 





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार १७:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया