‘ए’ डिभिजन लिग : मच्छिन्द्र र एफसी खुमलटार विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटार विजयी भएका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो भने दशरथ रंगशालामा भएको अर्को खेलमा खुमलटारले बलियो मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोलले हराएकाे हाे । 

मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले गोल गर्नुभयो । फ्रेन्ड्सका राफिक अमिनुले सान्त्वना गोल फर्काए । ग्याल्सेनले ४५औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । देवेन्द्रले ६३ औं मिनेटमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । ७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले गोल गरेपनि टोलीको हार टरेन ।

लिगमा मछिन्द्रको यो चौथो जित हो । जितसँगै मछिन्द्रले ११ खेलमा १६ अंक बनाएको छ । फ्रेन्ड्सको समान खेलबाट ११ अंक छ । 

यसैगरी दशरथ रंगशालामा मनाङकाे हारमा दुवै गोल विदेशी खेलाडी मेसुके ओलुमोउले गरेका थिए । मनाङका कोफी टिमोथी कुडोले सान्त्वना गोल फर्काए पनि हार टरेन । 

निकै प्रतिस्पर्धात्मक खेलमा कोफी टिमोथी कुडो पेनाल्टीमा चुक्दा मनाङले हार खेपेको थियो । १३औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । 

५३औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ६१औं मिनेटमा मनाङका कोफी अर्को पेनाल्टीमा चुके । उनको प्रहार बाहिरिएको थियो ।



इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई महत्वपूर्ण जित दिलाए । लिगमा चौथो जित निकालेको खुमलटारले ११ खेलबाट १३ अंक बनाएको छ । पराजित मनाङको १५ अंक छ ।



  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार १८:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया