चितवन-२ उपनिर्वाचन : रवि लामिछाने र रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने

प्रतिनिधिभा सदस्य चयनका लागि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतदान जारी छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न पाएनन् । 

रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनीहरूले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् । 

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले भने चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।

गत ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेजपछि सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन भइरहेको हो । 





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार ८:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया