logo-img

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे

मदन भण्डारी फाउण्डेशनको अध्यक्षको जिम्मेवारी पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्हालेका छन् ।  

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।  

यस्तै, फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा ४० हजार रुपैयाँ र प्रदेशस्तरमा ७ हजार रुपैयाँका दरले दिइने फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिए । 

यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो ।

उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा १४ असारमा प्रदान गरिने फाउण्डेशनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।  





  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार १२:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया