logo-img

एमाले नेतृत्वको लुम्बिनी सरकार ढल्यो, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसक्दा एमाले सकारको नेतृत्वबाट बाहरिएको छ  ।

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका थिए । उनले विश्वासको मत नपाएपछि सरकार ढलेको हो । 

जम्मा ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्ने भए पनि एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ५३ मत परेको सभामुख तुलाराम घर्तीले जानकारी गराएका थिए । 

पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका गिरीले माओवादीसहितका ५ दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत मागेका हुन्  ।

नयाँ सत्ता गठबन्धन बनेपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसक्दा एमालेको सरकार ढलेको थियो । 





  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार १३:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया