जसपाको गढमा जनमतको ‘हर्न’

आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना सोमबार मध्यान्ह् १२ बजेर ४० मिनटदेखि करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाबाट सुरु गरियो । समाचार तयार पार्दासम्म मतगणना जारी रहेको छ । 

गत स्थानीय तहको निर्वाचनमा दुवै गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालले मजबुत पकड बनाएको थियो । करैयामाई गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा जसपाले जित निकाल्दा सुवर्ण गाउँपालिकाको अध्यक्षमा गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसका उम्मेदवार जितेका थिए ।
करैयामाईको ३ वटा वडामा जसपाले जित निकाल्दा कांग्रेस २ वटा वडामा जितेको थियो । एउटा वडामा माओवादी केन्द्रले र एमालेले २ वटा वडामा जित निकालेको थियो ।

त्यस्तै, सुवर्ण गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने ८ वटै वडामा गठबन्धन दलकै उम्मेदवारहरुले वडाध्यक्षमा जित निकालेका थिए । जसमध्ये जसपा र कांग्रेसले ३÷३ र माओवादी केन्द्रका उम्मेदवारले २ वडामा जित निकालेका थिए । 

यता, गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका थिए । त्यतिबेला नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । जसपाका यादवले १३ हजार ८२३ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए । 

स्थानीय तह निर्वाचनमा करैयामाइ र सुवर्ण गाउँपालिकामा कसको अवस्था कस्तो थियो ?

स्थानीय तहको निर्वाचनमा पनि करैयामाई गाउँपालिकाको अध्यक्षमा जसपाका शम्भुप्रसाद यादवले ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा जनमतका ओमप्रकाश यादवले मात्र १६९ मत ल्याएर छैटौं स्थानमा सिमित बनेका थिए । 



करैयामाई गाउँपालिकाको वडा नम्बर–१ को वडाध्यक्ष जसपाका सोनालाल साह तेलीले ४८२ मत ल्याएर निर्वाचित हुँदा जनमतका जयनारायण यादवले मात्र १० मत ल्याउन सकेका थिए ।
वडा नम्बर–२ को वडाध्यक्षमा एमालेका सरेन्द्र चौधरीले ३५६ मत ल्याएर निर्वाचित हुँदा जसपाका राजेश चौधरीले १०९ मत पाएका थिए । 

वडा नम्बर–३ को वडाध्यक्षमा जसपाका परशुराम प्रसाद यादव ५९२ मत ल्याएर निर्वाचित हुँदा जनमतका अशोक केसरीले २२३ मत मात्र पाएका थिए । 



वडा नम्बर–४ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका एकलाख बाबु अंसारीले ३४९ मत ल्याएर निर्वाचित हुँदा जनमतका गिरधारी गिरीले मात्र ६ मत ल्याउन सकेका थिए । 

वडा नम्बर–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेश प्रसाद चौधरीले ५८७ मत ल्याएर निर्वाचित हुँदा जसपाका अशिवनी कुमार चौधरीले २४६ मत पाएका थिए । वडा नम्बर–६ को वडाध्यक्षमा जसपाका राजकुमार चौधरी ६४५ मत ल्याएर निर्वाचित हुँदा जनमतका उम्मेदवारको कुनै नाम नै थिएन । 

वडा नम्बर–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका बिरिज चौधरी १ हजार ९९ मत ल्याएर निर्वाचित हुँदा जसपाका देवपाल प्रसाद यादवले ८८७ मत पाएका थिए । 

वडा नम्बर–८ को वडाध्यक्षमा नेकपा एमालेका दिनेश चौधरी १ हजार २१४ मत ल्याएर निर्वाचित हुँदा जसपाका सुरेन्द्र प्रसाद साहले १ हजार १४५ मत ल्याएका थिए । 

त्यस्तै, सुवर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेश प्रसाद यादवले ५ हजार ३५१ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका महेन्द्र प्रसाद यादवले ३ हजार १३७ र जनमतका विनोद प्रसाद यादवले २३८ मत पाएका थिए । 

सुवर्ण गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका रामवेदया राउत अहिर ६६९ मत प्राप्त गरेर निर्वाचित हुँदा जनमतका कामेश्वर मुखियाले मात्र २७ मत पाएका थिए । 

वडा नम्बर–२ को वडाध्यक्षमा जसपाका रञ्जित प्रसाद यादवले ६१३ मत ल्याएर निर्वाचित हुँदा जनमतका कृष्णनन्दन कुमार यादवले मात्र ११ मत पाएका थिए । 

वडा नम्बर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामक्षत्री प्रसादले ७८१ म्त ल्याएर निर्वाचित हुँदा जनमतका सूर्यादेव कुमार यादवले मात्र ३५ मत पाएका थिए । 

वडा नम्बर–४ को वडाध्यक्षमा कांग्रेसका झकड प्रसाद यादवले ५३५ मत ल्याएर निर्वाचित हुँदा जनमतका जन्मेजय प्रसाद यादवले १२९ मत मात्र पाएका थिए । 

त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा जसपाका रामएकवाल साह कलवारले ३६५ मत पाएर निर्वाचित हुँदा जनमतका सुजित कुमार ठाकुरले ६४ मत मात्र ल्याएका थिए । 

वडा नम्बर–६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका शिवधारी दास तत्वाले ६०१ मत पाएर निर्वाचित हुँदा जनमतका दिपलाल प्रसाद यादवले २ मत मात्रै पाएका थिए । 

वडा नम्बर–७ को वडाध्यक्षमा जसपाका जितेन्द्र प्रसाद यादवले ७४७ मत पाएर निर्वाचित हुँदा जनमतका उपेन्द्र प्रसाद यादवले २० मत मात्र पाएका थिए । 

वडा नम्बर–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सैबुल्लाह मिया कुजडाले ६९४ मत ल्याएर निर्वाचित हुँदा जनमतका ओसिमहम्द शेषले १० मत मात्र पाएका थिए । 

बारा–२ मा महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिका, देवताल गाउँपालिका, सुर्वण गाउँपालिका र पचरौता नगरपालिकाका ४८ वटा वडा छन् । 

आइतबार सम्पन्न उपनिर्वाचनमा महागढीमाई नगरपालिकामा पुरुष ११ हजार ९७५ र महिला ९ हजार ७०१ गरी कूल २१ हजार ६७६, करैयामाई गाउँपालिकामा पुरुष ५ हजार ६५५ र महिला ५ हजार ५०१ गरी कूल ११ हजार १५६, कोल्हवी नगरपालिकामा पुरुष ८२९ र महिला ७५२ गरी कूल १ हजार ५८१, देवताल गाउँपालिकामा पुरुष ५ हजार १३२ र महिला ४ हजार २७८ गरी कूल ९ हजार ४१०, सुर्वण गाउँपालिकामा पुरुष ६ हजार ३७० र महिला ५ हजार ९५ जना गरी कूल ११ हजार ४६५ र पचरौता नगरपालिकामा पुरुष ७ हजार १०३ र महिला ६ हजार ४९६ गरी कूल १३ हजार ५९९ जनाले मतदान गरेका थिए । 

बारा–२ मा पुरुष ३७ हजार ६४ र महिला ३१ हजार ८२३ गरी कूल ६८ हजार ८८७ जना अर्थात ६५ प्रतिशतले मतदान गरेका थिए ।

  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार २१:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया