चितवन-२ मा रविको फराकिलो जित पक्का, दोस्रो हुन श्रेष्ठ-न्यौपानेबीच कडा टक्कर

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतगणना जारी छ ।    

पछिल्लाे मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४५ हजार हजार ८४२ मत प्राप्त गरेका छन् । 

पछिल्लो मतपरिणामअनुसार उनले करिब ६७ हजार मतगणना हुँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार ४२५ मत ल्याएका छन् । लामिछाने र श्रेष्ठबीचको मतान्तर ३७ हजार ४१७ रहेको छ । 

तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत प्राप्त गरेका छन् । चितवन–२ मा यसपटक पनि रविको जित निश्चित भएको छ । 

आइतबार भएको निर्वाचनमा ७८ हजार ३७७ मत खसेकोमा अब १० हजार मत गन्न बाँकी छ ।

अहिलेको अवस्थामा लामिछाने गन्नभन्दा बढी मतले अग्रस्थानमा छन् । गत ४ मंसिरको निर्वाचनमा रवि ४९ हजार २६२ मतका साथ निर्वाचित भएका थिए ।



दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र तेस्रो स्थानमा हासिल गरेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए ।  



  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार ९:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया