logo-img

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता चौधरीलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिए।

प्रदेश प्रमुख शेरचनले आज ४ बजेसम्म समयसीमा तोकेर सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। तोकिएको समयभित्र चौधरीको एकल दाबी परेको थियो । 

चौधरीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दल र स्वतन्त्र प्रदेशसभा सदस्य समेत गरी जम्मा ५३ जना प्रदेशसभाका सदस्यको समर्थनमा हस्ताक्षरसहित दाबी पेस गरेका थिए। 





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार २०:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया