logo-img

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने
फाइल फाेटाे

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका छन् ।

बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । 

सोमबार विश्वासको मत लिएपछि मंगलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बताएका छन् । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ । 

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्नेभएको छ । मुख्यमन्त्री चौधरीले कार्यभार सम्हालेको पहिलो दिन आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार २१:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया