logo-img

अर्थतन्त्र चलायमान बनाउन नकारात्मक हल्ला रोकिनुपर्छ : युवराज खतिवडा

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौंडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्व गभर्नरसमेतरहेका खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए । 

‘देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्याप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो,’ उनले भने । त्यस्ता हल्ला रोकिए लगानी भित्रिनसक्ने उनले बताए ।

‘अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिनसक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ,’ खतिवडाले भने । उनले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखे ।
 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार ७:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया