कोशी प्रदेश सरकार असारअगावै ढल्छ : ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार असारअगावै ढल्ने दाबी गरेका छन् । 

सुनसरीको इनरुवामा सोमबार देवानगञ्ज ठूलो मदरसाबाट बाबिया हुँदै हनुमान चौक सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य  कार्कीले असारसम्ममा कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने बताएका हुन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धन सरकार गठन हुने चर्चा परिचर्चा हुने गरेको भन्दै नेता कार्कीले केन्द्र र प्रदेशमा वर्तमान गठबन्धन दलको सरकार पाँच वर्षसम्म कायमै रहने बताए ।

मुलुकमा अस्थिरता रहिरहोस् भन्ने एउटा तत्त्व रहेको र त्यसलाई परास्त नगरी देश समृद्धितर्फ अघि बढ्न नसक्ने उनको भनाइ थियो । उनले सत्ता गठबन्धन पूरै पाँच वर्षसम्म कायम रहने दाबी गरे । 

भारतीय सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट सदरमुकाम इनरुवा जोड्ने २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकको नेता कार्कीले शिलान्यास गरेका हुन् । 

कुल ३२ करोड ८३ लाखमा महावीर इञ्जिनियरिङ एन्ड कन्ष्टक्सनले ठेक्का पाएको उक्त सडकको तीन वर्षभित्र स्तरोन्नति गरिसक्ने बताइएको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार १६:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया