गाउँपालिकाको जग्गा खरिदमा भ्रष्टाचार, एमालेका २५० कार्यकर्ताले दिए राजीनामा

मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् ।

यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठ कम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी, राजकुमार बराल, पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत, सह– इन्चार्ज भोलानाथ पराजुली, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार लिम्बू, दुर्गा विकलगायत छन् । 

उनीहरुले पार्टी निर्णय प्रक्रियालाई वेवास्ता गर्दै एकलौटी ढंगले पद्धतिको कुनै पनि अनुशरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको दाबी गरेका छन् ।

यो निर्णयले पारदर्शितामाथि प्रश्न खडा गरेको बताउँदै उनीहरुले आफ्नो नेतृत्वको पालिकाको स्थानीय सरकारलाई देश र जनताप्रति उत्तरदायी रहन आग्रह गर्दा पनि अस्वीकार गरेको जनाएका छन् । 

एमाले मोरङका जिल्ला सदस्य पौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बेथितिविरुद्ध संघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयको अधिनमा जनताप्रति जवाफदेही हुन सक्ने स्थिति पैदा नभएसम्मका तीन सय कार्यकर्ताले पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यबाट सामूहिक राजीनामा दिएको बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार २०:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया