logo-img

मौसम प्रतिकूलताका कारण नाम्चेमा रोकिए अमेरिकी राजदूत

नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसन मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको नाम्चेमा रोकिएका छन् । प्रथम सगरमाथा आरोही अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रका लागि उनी त्यहाँ पुगेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् ।
आफूहरूको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चहाएको उनको भनाइ छ। 

अमेरिकी दूतावासले नाम्चेको हिमालय आविमा आयोजना गरेको कार्यक्रममा राजदूत थम्पसनसहित, पूर्वराजदूत दावापुटी शेर्पा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो । 

हेलिकोप्टरमार्फत नाम्चे पुगेका राजदूत थम्पसन मौसम प्रतिकूलताका कारण फर्किन नसकेको बताइएको छ। राजदूतसहितको टिम आज सोमबार नाम्चेमै रहेको प्रहरीले जनाएको छ। 





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार २१:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया