आगामी मनसुन सिजनमा सरदर भन्दा कम वर्षा हुने

जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आकलन गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आकलन गरेको जानकारी दिएको हो । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको विभागले बताएको छ । 

कोशी प्रदेशका मध्य भाग तथा उत्तरपूर्वी भूभाग, वागमती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको जनाएको छ । 

विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको भने न्युनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताए । 
सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको उनले बताए । 

यस वर्ष मनसुन सिजन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ । 





  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार १६:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया