logo-img

सुडान द्वन्द्व : साढे आठ लाख मानिस विस्थापित हुनसक्ने

सुडानको राजधानी खार्तुममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसंघले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ ।

पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ युद्धविरामको पालना गर्न तयार रहेको बताएको थियो । तर, अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन।

खार्तुममा प्रत्यक्षदर्शीहरूले ५० लाख जनसंख्या भएको सहरमा बिहान सबेरै सडकमा ठूलो विस्फोट र गोली हानाहान भएको र दिनको समयमा झडप भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले आरएसएफले खार्तुमस्थित भारतीय दूतावासमा आक्रमण गरेको आरोप लगाएको छ, तर यसलाई कूटनीतिक नियोगले तत्काल पुष्टि गरेको छैन ।

गत अप्रिल १५ मा सुडानका नेता अब्देल फतह अल–बुरहान र आरएसएफका प्रमुख मोहम्मद हमदान डग्लोबीच भीषण सहरी युद्ध सुरु भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्यांक परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्युका घटना खार्तुम र डार्फरमा भएका छन् ।



संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले उत्तर अफ्रिकी मुलुकबाट आठ लाख ६० हजार मानिसलाई स्वदेश फर्काउने तयारी गरिरहेको र अक्टोबरसम्ममा उनीहरूलाई सहयोग गर्न ४४ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

सुडानमा युद्ध सुरु भएयता स्वदेशी तथा विदेशी गरी एक लाख १५ हजारभन्दा बढी मानिस सुडानबाट बाहिरिएका छन् । 



  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार २३:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया