‘ए’ भिडिजन लिगमा मछिन्द्रले एपिएफ तथा संकटाले आर्मीको सामना गर्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन् । लिगको दोस्रो लेगको दोस्रो राउण्डअन्तर्गत आज मछिन्द्र र एपिएफ तथा संकटा र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।   

आज हुने दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र आज छैटौँ जित निकाल्ने सोचमा छ । ऊ १४ खेलबाट २१ अंकका साथ पाँचौं स्थानमा छ ।  

छैटौँ जितको खोजीमा रहेको एपिएफ १४ खेलमा १९ अंक जोडेर नवौँ स्थानमा रहेको छ । यस्तै, आजै एन्फा कम्प्लेक्समा संकटा र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

संकटा पाँचौँ जितको खोजीमा छ । ऊ १४ खेलबाट १६ अंक जोडेर १३ औँ स्थानमा रहेको छ । आर्मी छैटौँ जित निकाल्ने सोचमा छ । छैटौँ स्थानमा आर्मी १४ खेलमा २० अंक जोडेको छ ।  





  • प्रकाशित मिति : वैशाख २४, २०८० आइतबार ७:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया