सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । यसअघि बसेको परिषद्को बैठक विनानिष्कर्ष टुंगिएपछि साेमबार पुनः बैठक बसेकाे हाे । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

केहीबेर अघिदेखि जारी बैठकमा प्रधानन्यायधीश नियुक्तिको सिफारिसको विषयमा छलफल भइरहेको बताइएकाे छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १८:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया