आईडब्लुएलमा सावित्राको चौथो ह्याट्रिक, ६ खेलमै गरिन् १९ गोल
गोकुलम एक खेल अगावै क्वाटरफाइनलमा

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले इन्डियन वुमन्स लिग (आईडब्लुएल) मा चौथो ह्याट्रिक गरेका छन् । गोकुलम केरेलाबाट लिग खेलिरहेकी उनले चौथो ह्याट्रिक माता रुक्मिनीविरुद्ध पूरा गरिन् । 

सावित्राकै उत्कृष्ट प्रदर्शनमा गोकुलमले रुक्मिनीलाई ९–० गोल अन्तरले हरायो । मंगलबार अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा उनले दुवै हाफमा २/२ गोल गरिन् । 

योसँगै जारी लिगमा सावित्राको गोल संख्या १९ पुगेको छ । उनले पहिलो खेलमा ५, दोस्रोमा ४, तेस्रो खेलमा २ र पाँचौं खेलमा ४ गोल गरेकी थिइन् । चौथो खेलमा भने सावित्राआवद्ध टोली गोलरहित बराबरीमा रोकियो । 

जारी सिजनमा सावित्रा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन् । उनले छैटौँ खेलमा पहिलो गोल सात मिनेटमै गरिन् । दोस्रो गोल १२ औँ मिनेटमा गरेकी सावित्राले ६८ औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् ।

उनले व्यक्तिगत चौथो गोल ६९ औँ मिनेटमा गरिन् । ६ खेलमा १६ अंक जोडेको गोकुलम समूह ‘ए’ को शीर्ष स्थानमा छ । योसँगै गोकुलम एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार ६:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया