logo-img

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने उक्त बैठक जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने भएको हो । 

केन्द्रीय समितिको पूर्ण वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनासमेत बैठकमा पेस गर्ने तयारी भइरहेको राप्रपा एक नेताले बताए ।

त्यस्तै बैठकमा सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन गर्नेछन् ।  





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार ११:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया