logo-img

धादिङबाट ३३ यात्रु ल्याएर काठमाडौं आउँदै गरेको बसमा आगलागी

धादिङमा गुडिरहेको एक बसमा अचानक आगलागी भएको छ । धादिङको धुनिबेसी-९ गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको हो ।

नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा आगो लागेको हो । उक्त बसमा ३३ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

बसको इन्जिनबाट धुवाँ निसक्नेबित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयले नियन्त्रणमा लिएका छन् ।  





  • प्रकाशित मिति : वैशाख ३०, २०८० शनिबार १३:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया