logo-img

घरमै हार्‍यो आर्सनल, उपाधि यात्रामा धक्का

इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने आर्सनलको सपनामा धक्का लागेको छ । गएराति सम्पन्न खेलमा ब्राइटनसँग ३–० को हार बेहोरेपछि उपाधि होडमा रहेको आर्सनललाई धक्का लागेको हो ।  

गएराति घरेलु मैदान लण्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राइटनको जितमा जुलियो इनसिसो, डेनिज अन्डभ र पर्भिस इस्टुपिनानले समान १ गोल गरे ।

खेलको ५१ औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाए । ८६ औँ मिनेटमा डेनिज अन्डभले गोल गर्दा पाहुना टोली २–० ले अघि बढ्यो । इन्ज्युरी समयको छैटौँ मिनेटमा पर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनलाई ३–० को उत्कृष्ट जित दिलाए । 



यो जितपछि ऊ प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको छ । उसले ३४ खेलबाट ५८ अंक जोडेको छ । पराजित आर्सनल ३६ खेलबाट ८१ अंकसहित दोस्रो स्थानमा छ ।

ब्राइटनसँगको हारपछि ऊ शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले पछि परेको छ । सिटीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ ।

प्रिमियर कप च्याम्पियन बन्न अब आर्सनलले बाँकी दुवै खेलमा जित पारेर मात्र पर्याप्त हुने छैन । उसले उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने समीकरण बनेको छ ।
 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार ७:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया