logo-img

आफैँ प्रहरी कार्यालयमा उपस्थित भए पूर्वसभासद आङटावा शेर्पा

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पूर्वसभासद आङटावा शेर्पा आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका छन् । शेर्पा स्वयं प्रहरी कार्यालयमा आइपुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको हो । 

जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा उनीमाथि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । 

सोही प्रकरणमा प्रहरीले यसअघि नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १३ जनालाई पक्राउ गरिसकेको छ।





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १९:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया