logo-img

नेपालबाट बिजुली किन्न बंगलादेश सहमत, भारतलाई मनाउन त्रिपक्षीय बैठक बस्ने

नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश तयार भएको छ । दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’ बैठकमा बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो । 

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन् । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने बताइएको छ ।

दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ ।   

४० मेगावाट बिजुली परीक्षणस्वरूप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच सहमति भएको थियो ।

२०७५ कै साउन महिनामा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार ९:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया