मदन भण्डारीको आदर्शलाई झुक्न दिने छैनौँ : प्रदीप ज्ञवाली
फाइल तस्बिर

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्‍सवादका अभियन्ता मदन भण्डारी र जीवराज आश्रितका आदर्शलाई कमजोर हुन नदिने बताएका छन् । 

एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको मदन–आश्रित ३० औँ स्मृति दिवसका अवसरमा नेता ज्ञवालीले भने, ‘उहाँहरूले कोर्नुभएको बाटोलाई अझ फराकिलो पार्दै जानेछौँ ।’   

३० वर्ष बितिसक्दा पनि चितवनको दासढुङ्गाको घाउ अझै निको भइनसकेको उनको भनाइ छ ।

‘राष्ट्रवादी नेता भण्डारीको सम्झना देशमा राजनीतिक सङ्कट पर्दा आउने गर्छ,’ नेता ज्ञवालीले भने, ‘राष्ट्रियताको बलियो आवाज चाहिएकै बेला उदाउनुभएका नेता भण्डारी ४० वर्षकै उमेरमा बित्नुभयो ।’ 

सार्वजनिक जीवनमा आएको तीन/चार वर्षमै जनतामाझ ख्याति कमाएका नेता भण्डारीको निधनले एमालेलाई अपूरणीय क्षति मात्र नभइ बलियो अभिभावक गुमाउनु परेको ज्ञवालीले बताए ।

‘एकाधिकार पूँजीवादको अन्त्य गरी राष्ट्रिय पूँजीवादको निर्माणमा उहाँको योगदान महत्त्वपूर्ण छ,’ उनले भने ।  





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ७:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया