सरकारलाई दबाब दिन वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रामा निस्किए चुरे अभियानी

चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले काठमाडौं केन्द्रित आन्दोलनको सुरुवात गरेका छन् । बिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलनको सुरुवात गरेका हुन् । 

अभियानीहरुले बिहीबार सिरसिया नदीको प्रदूषित पानी बोकेर वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा आरम्भ गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा दर्जनौं अभियानीहरु पैदल यात्रामा सहभागी भएका छन् । 

संयोजक यादवले वीरगञ्जबाट सुरु गरेको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिरसिया नदीको प्रदूषित पानी पोख्ने र सरकारले त्यसले पनि नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिए ।
 
अभियानीहरुले यसअघि वैशाख १४ देखि २८ गतेसम्म विरोधका विभिन्न कार्यक्रम गरे पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेपछि बिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । 

उद्योगपतिहरुले सार्वजनिक जग्गा उद्योगको नाममा अतिक्रमण गरेको चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आरोप लगाए । उनले सिरसिया नदीलाई प्रदूषण गर्नुको साथै स्वास्थ्यसँग खेलबाड गर्ने काम उद्योगहरुले गरिरहेकाले यो आन्दोलन सुरु गरिएको बताए ।





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १९:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया