सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम आईडब्ल्यूएलको फाइनलमा

राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उच्च प्रदर्शनमा गोकुलम केरला इन्डियन वुमन्स लिग (आईडब्ल्यूएल) को फाइनलमा प्रवेश गरेको छ । 

गएराति सम्पन्न सेमिफाइनलमा इस्टर्न स्पोर्टिङ युनियनलाई ५–१ गाेल अन्तरले हराउँदै गोकुलम फाइनलमा प्रवेश गरेको हो । गोलमलाई फाइनलमा पुर्याउन सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरिन् ।

यस्तै, इन्दुमति काथिरेसनले दुई तथा भिभिएन अडेजेईले एक गोल गरे । इस्टर्नका लागि  युमनाम कमला देवीले १ गोल फर्काइन् । 

अहमदाबादमा भएको दोस्रो सेमिफाइनलमा गोकुलमले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेको हो । 

खेलको १८ औँ मिनेटमा युमनाम कमला देवीले गोल गर्दै इस्टर्नलाई सुरुआती अग्रता दिलान् । तर, इस्टर्नको अग्रता लामो समय टिक्न सकेन । ३१ औँ मिनेटमा गोकुलमकी इन्दुमति काथिरेसनले बराबरी गोल गरिन् ।

पहिलो हाफको इन्जुरी टाइममा सावित्राले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा गोकुलमले तीन गोल गर्‍यो । 



सावित्राकै पासमा ५५ औँ मिनेटमा भिभियन र ७० औँ मिनेटमा इन्दुमथिले गोल गरे । सावित्राले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् । 

जारी लिगमा उनले ९ खेलमा ५ खेलमा ह्याट्रिकसहित सर्वाधिक २८ गोल गरेकी छन् । गोकुलमले अब उपाधिका लागि आइतबार नेपाली खेलाडीद्वय सरू लिम्बू र रेनुका नगरकोटेआवद्ध किकस्टार्ट एफसीको सामना गर्नेछ ।  



  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार ७:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया