logo-img

बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कागजपत्र, नियमावली संशोधन र सके संवधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताउँदै उनले अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए । 

बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउँदै उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्सनलाई प्रहार गर्न आवश्यक रहेको बताए । उनले भने, ‘बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला । समग्र बजेटको विश्वसनीयतामा कस्ता–कस्ता अंक तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ ।’ 

अनुदान सुकेको भन्दै सांसद वाग्लेले बजेट विश्वसनीय बनाउने हो भने अप्रिय र निर्मम कदम चाल्नुपर्ने बताए । 





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार १७:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया