logo-img

सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्न सांसद घिमिरेको माग

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले यस्तो माग गरेका हुन् । 

उनले नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजी क्षेत्रको सहभागिताको विषय नआएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गराउनुपर्ने धारणा राखे । नेपाल आयल निगमलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको प्रवेश आवश्यक रहेको उनको भनाइ छ । 

उनले सिमान्तकृत र विपन्न तहका नागरिकका लागि वडा तहमा सहुलियत खाद्यान्न पसल राख्नेकुरा अस्पष्ट भएको भन्दै यस्तो कुरा नराखेको भए पनि हुने धारणा व्यक्त गरे । ६० प्रतिशत लक्ष्य भेट्नेगरी बजेट निर्माण गर्न सांसद घिमिरेले सरकारलाई आग्रह गरे । 
 





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १५:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया