रोष्ट्रमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनुहुँदैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्ट्रमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताएका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै शर्माले दोषीलाई उम्काउन खोजिँदै छ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदै छ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्न सक्ने उनले बताए । 

काग्रेसका नेताहरु यसअघि पनि भ्रष्ट्राचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै शर्माले कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे । मुद्दामा परेका कसैलाई पनि कांग्रेसले रोष्ट्रममा उभिएर निर्दोष नभनेको दाबी गरे । 

महामन्त्री शर्माले समुन्नतिको केन्द्रमा नागरिकलाई राखेर अघि बढ्ने हो भने देश विकास हुन समय नलाग्ने बताए । 





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १८:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया