logo-img

योजना आयोगको महिला सदस्यमा ढुंगाना नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुंगानालाई नियुक्त गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिन्धुलीमाडी–भीमस्थान–चकमके–उदयपुर कटारी सडकखण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने र मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय गरिएको जानकारी दिइन् । 



त्यसैगरी, लङ्खुवाखोला साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १८:५६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया