बिदाइ खेलमा बेन्जिमाको गोल, रियललाई हारबाट जोगाए

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओसँग रियल मड्रिडले १–१ को बराबरी खेलेको छ ।    

गएराति राति सम्पन्न खेलमा करिम बेन्जिमाले गोल गरेपछि रियल हारबाट जोगिएको हो । उनले १४ वर्षपछि रियल छाड्दै छन् । 

बेन्जिमाले रियलक लागि अन्तिम खेलमा ७२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । त्यसअघि खेलको ४९ औँ मिनेटमा ओइहान सानसेटले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

यो बराबरीसँगै रियलले ३८ खेलमा ७८ अंक जोडेको छ । उसले दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ । 

यस्तै, बिल्बाओ ५१ अंकका साथ आठौँ स्थानमा रह्यो । 
 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ७:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया