प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरे । 

उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए । उनले प्रधानमन्त्रीको नागरिकता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए । उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भन्दै विरोध जनाए । उनले  प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने बताए ।

उनले भने, ‘आज संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो । यसरी निरीह भएर कहिल्यै पनि प्रश्तुत भएको छैन । किनभने उहाँसँग कुनै तर्क नै छैन । उहाँको धारणा नै कमजोर र फितलो छ । उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ । अदालतले रोकिदिइसकेको छ । उहाँसँग कुनै तर्क छैन । अनि कुतर्क गर्ने भावनात्मक कुरा गर्ने, प्रधानमन्त्रीले संसदलाई ढाँट्न भएन, बंगलादेश बाटोबारेमा म बोलेकै छैन, हामीले सुनाइदिएका छौँ त, अनि भारतमा गएर नेपालको बारेमा विवादास्पद अभिव्यक्ति दिने । यत्रो मुलुकलाई विवादित बनाएर उहाँले विष खुवाउनुभएको छ ।’





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १९:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया