logo-img

डब्लूटिसी उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै, यस्तो छ दुवैको सम्भावित-११

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटिसी) को फाइनल आजदेखि सुरु हुँदैछ । फाइनलमा भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् ।

खेल दिउँसो ३ः१५ मा इंग्ल्याण्डको द ओभल मैदानमा सुरु हुनेछ । भारत र अस्ट्रेलिया दुवै पहिलोपटक डब्लूटिसीको उपाधि जित्न चाहन्छन् ।

गत संस्करणको उपाधि न्यूजिल्याण्डले जितेको थियो । उसले फाइनलमा भारतलाई ८ विकेटले हराएको थियो । पहिलो संस्करणको उपाधि जिते पनि न्यूजिल्याण्डले यसपटक भने फाइनलमा यात्रा तय गर्न सकेन ।  

भारतले भने लगातार दोस्रो संस्करणमा डब्लूटिसीको फाइनल खेल्दैछ । ऊ यसपटक उपाधि जित्न चाहन्छ । अस्ट्रेलिया पनि भारतलाई हराउँदै पहिलोपटक डब्लूटिसी च्याम्पियन बन्ने सोचमा छ ।   

अस्ट्रेलियाको सम्भावित प्लेइङ–११ : डेविड वार्नर, उस्मान ख्वाजा, मार्नस लाबुशेन, स्टिभ स्मिथ, ट्रभिस हेड, क्यामरुन ग्रीन, एलेक्स क्यारी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लियोन र स्कट बोल्याण्ड । 

भारतको सम्भावित प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, रवीन्द्र जडेजा, केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, उमेश यादव, मोहम्मद शामी र मोहम्मद सिराज ।  





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १०:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया