logo-img

भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् ।

जुन २१ देखि जुलाई ४ सम्म अर्थात् ६ असारदेखि भारतको बैंगलुरुमा साफ च्याम्पियनसिप हुँदैछ । नेपालले जुन २१ मा कुवेतविरुद्ध खेल्ने छ भने जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ ।

नेपाल टिम

गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ

डिफेण्डरः सनिश श्रेष्ठ, विमल पाण्डे, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डरः पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने 



फरवार्डः दीपकराज सिंह ठकुरी, आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर 



  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १७:१८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया