logo-img

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज चार खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै छन् । लिगको अन्तिम चरण अन्तर्गत आज चार खेल हुन लागेका हुन् । 

जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । 

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र फ्रेण्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

रङ्गशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबिच खेल हुनेछ । आर्मी र हिमालयनबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । 

यस्तै एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

यस्तै च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लबबिच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार ९:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया