logo-img

एसइई परीक्षा दिएका विद्यार्थीलक्षित ‘न्यू होराइजन रोबोटिक्स वर्कशप’ हुँदै

विद्यार्थीलाई प्रविधितर्फ आकर्षित गर्न हाेराइजन बोर्डिङ स्कुलले ‘न्यू होराइजन रोबोटिक्स वर्कशप’ को आयोजना गर्ने भएको छ । कार्यक्रम यही ३१ र ३२ जेठमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा रहेको न्यू होराइजन बोर्डिङ स्कुलमा आयोजना हुँदैछ । 

कार्यक्रममा एसइई परीक्षा दिएर बसेका सबै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने छन् । कार्यक्रममा विद्यार्थीलाई विभिन्न सातवटा विषयमा ज्ञान दिन लागिएको विद्यालयले जनाएको छ । gesture control car, color segregator, rfid card door lock system, collision detection for blind peoplem, rc car, drone driving, and electric buggy driving बारे जान्न र सिक्न पाउनेछन् ।

डिजी स्कुलकाे सहकार्य र सफ्टवेरिका कलेजकाे सहयाेगमा rfid card door lock system, collision detection for blind peoplem, gesture control car, color segregator बारे विद्यार्थीहरूलाई जानकारीसँगै यी प्रविधि कसरी बनाउन सकिन्छ भन्नेबारे सिकाउने छ ।

डीजी स्कुलले सहभागी विद्यार्थीहरूलाई दृष्टिविहीन व्यक्तिहरूले प्रयोग गर्ने छडी बनाउन सिकाउने छ । ​डिजी स्कुलले तयार गरेको उक्त छडीमा सेन्सर जडान गरिएको हुन्छ । जसले नजिक रहेका कुनै खाल्डा वा वस्तुकाे जानकारी उक्त छडी प्रयोगकर्ता व्यक्तिहरूलाई दिनेछ ।

जसले गर्दा दृष्टिविहीनहरूलाई हिँड्न र दुर्घटनामा पर्नबाट बचाउन सहयोग गर्ने छ । ​सफ्टवेरीका कलेजले पनि सहभागी विद्यार्थीहरूलाई इसाराबाट कसरी कारलाई कन्ट्रोल गर्न र कलर छुट्याउनेबारे ज्ञान प्रदान गर्ने छ ।





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १५:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया