त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एक घाइते
सांकेतिक तस्बिर

लागू औषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा काठमाडौंको त्रिभुवन विमास्थल नजिकै नेपाल प्रहरीले गोली चलाएको छ । आइतबार लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । 

टोलीले लागू औषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीको गोली लागेर घाइते भएका भगवतको केएमसी अस्पतालमा उपचार हुँदैछ ।

विमास्थल नजिकै सिनामंगलमा उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ् गरेको बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार १२:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया