रेशम चौधरी रेडियो नेपालमा, गाए वैदेशिक रोजगारीमा रहेका युवालक्षित गीत

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रेडियो नेपालमा पुगेर गीत प्रस्तुत गरेका छन् । उनले वैदेशिक रोजगारीमा रहेका युवालक्षित गीत प्रस्तुत गरेका हुन् ।   

उनको गीतको बेला रहेको छ ‘पुग्ने मन थिएन विदेशमा बस्नलाई हो ।’ जेलमुक्त भएपछि राजनीतिक कार्यक्रममा सक्रिय रहेका रेशमले रेडियो नेपालमा पुगेर पुराना साथीसँग भेट गर्दै रेडियोको अवलोकनसमेत गरे ।

उनी यही १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहा भएका थिए ।  

कानुनअनुसार रेशम २०९४ सालसम्म जेल सजायमा बस्नुपर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णयपछि उनी १४ वर्षअघि नै जेलमुक्त भए ।

२०७४ फागुनमा पक्राउ परेका रेशममाथि टीकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको वीभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार ९:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया