logo-img

पड्किसकेको गोली फर्किनु र राजा फर्किन्छ भन्नु एउटै हो : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समानरूपमा आउनुपर्ने बताए । 

उनले आफूहरू वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताए । 

मन्त्रीले दुई/चारवटा बजेट हाल्नु स्वाभाविक भए पनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उनको भनाइ छ । वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधानविपरीत हुने सांसद पौडेलले बताए ।

‘असफल भइसकेको, बगिसकेको खोला फर्किन्न भनेजस्तै । पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रित भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ । संविधानविपरीत हुन्छ । यो विन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडि बढ्नु अबको आवश्यकता हो । यो जनताले ल्याएको व्यवस्था हो । त्यसकारण अगाडि बढ्नुको विकल्प छैन,’ पौडेलले भने ।

उनले अगाडि थपे, ‘वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने । मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नु भएकोमा तपाईँलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रीयरूपमा उत्पीडनमा परेका भूगोल, उत्पीडनमा परेका ठाउँहरू अन्यायमा पर्छ । अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्‍यौँ भने त राम्रो हुँदैन नि ।’ 

सांसद पौडेलले स्थानीय, प्रदेश र संघ सरकारका बीचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादम्यता नमिलेको पनि बताए ।  





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १५:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया